३० आश्विन २०८३, शुक्रबार

चीन–पाकिस्तानबीच सैन्य सम्बन्धमा जोड, भारतलाई टाउको दुःखाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pak-chinaइस्लामावाद, २७ कात्तिक । चीन र पाकिस्तानबीच आपसी सैन्य सहयोगमा जोड दिइएको छ ।

चिनियाँ केन्द्रीय सैन्य परिषद्का उपाध्यक्ष र पाकिस्तानी प्रधानमन्त्रीबीच सो सहयोग समन्वयको प्रतिबद्धता आएको हो । यो प्रतिवद्धताले भारतको टाउको दुःखाइ सुरु भएको छ ।

चिनियाँ केन्द्रीय सैन्य परिषद्का उपाध्यक्ष फान चान्लोङ् र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता भएको थियो ।

सो भेटवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै सैन्य सहयोगमा जोड दिइएको थियो ।

गएको अप्रिल महिनामा चिनियाँ राष्ट्रपति सि जिनपिङले पाकिस्तानको भ्रमण गरेपछि चीन पाकिस्तान सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको धारणा उपाध्यक्ष फानले राख्नुभएको थियो ।

पाकिस्तानले आतङ्कवादका विरुद्धमा गरिरहेको कारबाहीका लागि चीनले हाल दिँदै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

यस अवसरमा पाकिस्तानी प्रधानमन्त्री शरिफले चीन र पाकिस्तानको आपसी समन्वय र सहयोगबाटै क्षेत्रीय शान्ति र एसियाली स्थायित्वमा योगदान गर्नसक्ने धारणा राख्नुभयो । – सिन्ह्वा