१ कार्तिक २०८३, शनिबार

बेलायतमा विरोध भएपछि भारतीय प्रधानमन्त्री मोदीले ‘अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्स’मा के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-Cameronकाठमाडौं, २७ कात्तिक । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा भारतको बचाउ गरेका छन् ।

आफ्नो भ्रमणका क्रममा नेपाली तथा भारतीय समुदायले विभिन्न मुद्दामा विरोध गर्दै बेइज्जत गरेपछि उनले भारत बुद्ध भुमि, गान्धि भुमि भएको भन्दै बचाउ गरेका हुन् ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालयको अगाडि हजारौं नेपाली र भारतीयले मोदीविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा नेपालको नाकाबन्दीको कुरा भने उठेन् । तर मोदीमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारले भारतमा बढ्दै असहिष्णूता र मोदी सरकारको विरोधका बारेमा थुप्रै प्रश्न राखेका थिए । मोदीलाई गुजरात दंगामा १ हजार मानिस मारेको आरोपको पनि सामना गर्नुपरेको थियो ।

बेलायती प्रधानमन्त्री क्यामरुनसँगको वार्तापछि आयोजित दुई देशको अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा मोदीले सम्वाददाताहरुको जवाफ दिँदै भनेका छन्- ‘भारत बुद्धको धरती हो, गान्धीको धरती हो र हाम्रो संस्कृति समाजको मूल्यमान्यता विरुद्ध कुनैपनि कुरा भारतले स्वीकार गर्दैन् ।’ मोदीलाई दिल्लीमा भएको (गाइको मासु घरमा राखेको आरोप एक मुश्लीमलाई कुटिकुटि मारेको) दादरी हत्याकाण्डबारे पत्रकारहरुले कडा प्रश्न गरेका थिए ।

बेलायतको द गार्डियन समाचारपत्रका अनुसार मोदीलाई सोधिएको एक प्रश्नमा उनले आफूलाई व्रिटेनले प्रतिबन्ध नलगाएको दाबी गरे । उनले आफूबाट केही गल्ति भएको हुनसक्ने भन्दै आफ्नो आगमनमा भएको प्रदर्शन स्वभाविक भएको बताए । समाचार अनुसार मोदी मुख्यमन्त्री हुँदा गुजरातमा एक हजार मुश्लीमको ज्यान जानेगरी भएको दंगाको दोषीलाई मानिँदै आइएको छ । जसका कारण त्यसबेला मोदीलाई बेलायत र अमेरिकाले प्रतिबन्ध लगाएका थिए ।

मोदीले आज बेलायतको वेम्बली स्टेडियममा भारतीय समुदायलाई सम्बोधन गर्दैछन् । जहाँ अधिकांश भारतीयले मोदीले विरोधको तयारी गरेका छन् ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्

भारतीय प्रधानमन्त्री मोदी र बेलायती प्रधानमन्त्री क्यामरुनको प्रेस कन्फ्रेन्स