३० आश्विन २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदी बेलायत प्रस्थान, नाकाबन्दीविरुद्ध नेपालीहरुले प्रदर्शन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiनयाँ दिल्ली, २६ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बेलायत प्रस्थान गर्नुभएको छ । आफ्नो तीन दिने औपचारिक भ्रमणका लागि उहाँ त्यसतर्फ लाग्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले आफ्नो भ्रमणको पूर्व सन्ध्यामा आफ्नो फेसबुक पेजमा बेलायत एक पुरानो मित्रराष्ट्र भएकोले उसँगको आर्थिक लगायतका सम्बन्धहरुमा थप जोड दिने बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्रीका रुपमा सन् २००६ मा भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले बेलायतको भ्रमण गर्नुभएको थियो ।

त्यसको दश वर्षपछि भारतीय प्रधानमन्त्रीका रुपमा यो नै उहाँले पहिलो पटक बेलायतको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।

यस भ्रमणका क्रममा भारत र बेलायतबीच १२ देखि १८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर हुन लागेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच बेलायतका नेपालीहरुले मोदीविरुद्ध प्रदर्शन गर्ने भएका छन् । उनीहरुले बेलायतको संसद भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका हुन् । रासस/सिन्ह्वा