१२ कार्तिक २०८३, बिहिबार

आफ्नै देशका जनतालाई दुःख दिएर जीतहुँदैन : नेता देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deubaभक्तपुर, २६ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरी मधेसमा भएको आन्दोलनले कसैको भलो नगर्ने बताउनु्भएको छ ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले देशभरका आमनागरिकलाई दुःख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको पनि जित नहुने बताउनुभयो ।

चित्त नबुझेका कुरा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निकास खोज्न मधेसवादी दललाई आग्रह गर्दै उहाँले नाकाबन्दीले देशभरका जनताले औषधिसमेत नपाउने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने र बालबालिकाको पढ्ने अधिकारसमेत खोसिएको बताउनुभयो ।

भारतले गरेको नाकाबन्दी कुनै हालतमा जायज नभएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह पनि गर्नुभयो ।

नेपालले भूकम्पजस्तै नाकाबन्दीको सहजै सामना गर्नसक्ने चर्चा गर्दै उहाँले भारतको नाकाबन्दीले यतिखेर नेपाली जनतामा राष्ट्रिय भावना, संयम र स्वाभिमान जागेको बताउनुभयो ।

राष्ट्रपति, प्रधानमन्त्रीको निर्वाचनमा भएको हारले काँग्रेसलाई लज्जित बनाएको बताउँदै देउवाले यसबाट पाठ सिकेर काँग्रेस एकताबद्ध र जुझारु भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति सभापति गणेशमान चक्रधरलगायतले देशको समस्या समाधानका लागि काँग्रेसले मध्यस्थता गर्नुपर्ने बताउनु्भयो । रासस