१२ कार्तिक २०८३, बिहिबार

कैलालीका दुर्गम गाविसमा सुरक्षा समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Exif_JPEG_420

धनगढी, २६ कात्तिक । कैलाली जिल्लाको दुर्गम गाविस मोहन्याल र पण्डौनका स्थानीय बासिन्दाले आफ्ना सुरक्षाका सवाल पहिचान गर्दै समाधानको लागि योजना निर्माण गरेका छन् ।

नेपाल सरकार गृहमन्त्रालय र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम युनडिपीको साझेदारीमा संचालित शसस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजनाको पहलमा पहिलेपटक दुवै गाविसका बासिन्दाले सुरक्षाको सवालमा छलफल गरि योजना बनाएका हुन् ।

मोहन्याल र पण्डौन गाविसमा छुट्टाछुट्टै आयोजना भएका गाविस परामर्श कार्यक्रममा दुवै गाविसका ६०÷६० सरोकारवालाहरुको सहभागितामा सुरक्षाका सवाल पहिचान गरिएको थियो । त्यसपछि आयोजित संयुक्त परामर्श कार्यक्रममा दुवै गाविसको लागि योजना समेत निर्माण गरि कार्यान्वयनको लागि ९ सदस्यीय समिति समेत निर्माण भएको हो ।

समितिको संयोजकमा ईलाका प्रहरी कार्यालय पण्डौनका प्रमुख असई धनीराम पन्त रहनु भएको छ भने दुवै गाविसका सचिव ६ जना समितिमा सदस्य रहेका छन् ।