तानसेन । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले दोस्रो संविधानसभाको निर्वाचनपछि यथास्थितिवादीको पुनःस्थापना भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले आज (बुधबार) पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले पहिलो संविधानसभाको विघटन र दोस्रो संविधानसभाको चुनाव षडयन्त्रपूर्वक भएको बताए । षड्यन्त्रमा गठन भएको संविधानसभाको विघटन गर्नु पर्ने उनको माग थियो ।
उनले जनताको समस्या हल गर्ने खालको संविधान जारी हुन नसक्ने दाबी गरे ।
‘एमाओवादीले हेटौँडा महाधिवेशन सच्याएर आएको अवस्थामा पार्टी एकीकरणको सम्भावना छैन,’ उनले भने । एकीकृत माओवादीमा मुद्दाका सवालमा कार्यगत एकता भएको बताउँदै थापाले एकीकरण तत्कालै हुने अवस्था नरहेको बताए ।











प्रतिक्रिया