१ कार्तिक २०८३, शनिबार

नाकाबन्दी लगाउँदा पनि मधेसका नेपालीहरु किनमेल गर्न भारतीय बजार गए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasalपरासी, २६ कात्तिक । दीपावली तथा छठ पर्वलाई लक्षित गरी नवलपरासीका सीमावर्ती भारती बजारमा यतिबेला नेपाली उपभोक्ताको किनमेलका लागि निकै घुइँचो लागेको छ ।

भारतमा सस्तो र सजिलै सामान किन्न पाउने भएकाले नेपाली उपभोक्ताको भारतीय बजारमा भीडभाड लागेको हो ।

नेपाली बजारका भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका कारण विभिन्न सामग्री चर्काे मूल्य कायम कलोबजारी भएपछि नेपालीहरु उपभोक्ताहरु भारतीय बजारमा किनमेलका भीडभाड लागेको उपभोक्ताले बताउँछन् ।

चाडपर्वलाई लक्षित गरी मधेसी मोर्चाले बन्दलाई खुकुलो बनाएपछि अहिले नेपालीहरु भारतीय बजारबाट आवश्यक सामग्री किनमेल गर्दै आएका छन् ।

यतिबेला सीमावर्ती बजार ठुठीबारी, लक्ष्मीपुर, झुल्नीपुर, बरगदवा र उता विहारको बालमीकिनगर टङ्की बजार, भैँसालोटनमा नेपाली उपभोक्ताको निकै किनमेलका लागि निकै भीडभाड देख्न पाइन्छ ।

जिल्लाको गँैडाकोट, कावासोती, दुम्कीबास, दाउन्ने, बर्दघाट, सुनवल, परासी, गोपीगन्ज र ग्रामीण तथा सीमावर्ती क्षेत्रका नेपालीको भारतीय बजारमा जमघट प्रत्यक्ष हेर्न पाइन्छ ।

नेपाली बजारमा आवश्यक अधिकांश समान पाइन छोड्यो, पाएको ठाउँमा पनि वस्तुको चर्काे मूल्य लिने गरेका छन् विक्रेताहरु, त्यही कारणले भारतीय बजारमा पुगेको उपभोक्ताले बताएका छन् । रासस