१२ कार्तिक २०८३, बिहिबार

माछा मार्ने क्रममा विष्फोट पदार्थ पड्किँदा एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fish-marneतुलसीपुर (दाङ), २६ कात्तिक । दाङको लमही नगरपालिका–११ को कोलहीनजिक राप्ती नदीमा माछा मार्ने क्रममा विष्फोट पदार्थ पड्किँदा एकको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीका अनुसार मृत्यु हुनेमा सोही ठाउँका ३१ वर्षीय मङ्गल चौधरी रहेका छन् । चौधरी नेपाली सेनामा सुर्खेतमा कार्यरत रहेको र घर बिदामा आएको बताइएको छ ।

बुधबार साँझ नदी किनारामा निजको शव क्षतविक्षत अवस्थामा प्रहरीले फेला पारेको प्रमुख शाहीले जानकारी दिनुभयो । अहिले निजको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ । रासस