३० आश्विन २०८३, शुक्रबार

१५ वर्ष नजरबन्दमा राखेको सेनाले पहिलोपटक सुकीलाई समर्थन गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sukiयाङगोन (म्यानमार), २५ कात्तिक । म्यानमारका राष्ट्रपति यू थेन सेनले आङसाङ सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीलाई निर्वाचनमा बहुमत ल्याउन सफल भएकोमा बधाई ज्ञापन गर्नुभएको एनएलडीले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सरकारले जनादेशलाई सम्मान गर्दै राज्य शक्तिलाई शान्तिपूर्ण तरिकाले रुपान्तरण गर्ने राष्ट्रपतिको इच्छा भएको राष्ट्रपतिको कार्यलयका प्रवक्ता यू थे ह्युटले बताउनुभएको छ ।

म्यानमारका सेना प्रमुख लाइङले बुधबार एक वक्तव्य जारी गर्दै नयाँ निर्वाचित सरकारसँग समन्वय गर्र्दै राष्ट्रको स्थायित्व, शान्ति तथा विकासका लागि काम गर्न आफु तयार भएको बताउनुभएको छ ।

यसैबीच निर्वाचनमा बहुमत प्राप्त दलकी नेता सुकीले राष्ट्रपतिलाई एक पत्र लेखी राष्ट्रपति सेन, सभामुख यु से म्यान र सेनापति मीन आङ लाइङसँग भेट गरी राष्ट्रिय पुनःमिलनका लागि अपिल गर्नुभएको छ ।

राष्ट्रपति सेनले सुकीको प्रस्तावलाई सकारात्मक भन्दै चुनावको सम्पूर्ण परिणाम आएपछि सल्लाह गरी अघि बढ्ने बताउनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ताले बताउनुभयो ।

यसैबीच म्यानमारका सेना प्रमुख लाइङले बुधबार एक वक्तव्य जारी गर्दै नयाँ निर्वाचित सरकारसँग समन्वय गर्र्दै राष्ट्रको स्थायित्व, शान्ति तथा विकासका लागि काम गर्न आफु तयार भएको बताउनुभएको छ । यसअघि त्यहाँको सेनाले सन् १९८३ मा सुकीलाई प्रधानमन्त्रीबाट हटाएर १५ वर्षसम्म नजरबन्दमा राखेको थियो भने देशमा सैनिक शासन लगाएको थियो ।

उहाँको यो भनाई म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको एनएलडी पार्टीको हालै भएको आमनिर्वाचनमा बहुमत आएपछि आएको हो । रासस/सिन्ह्वा