काठमाडौं, २५ कात्तिक । अघोषित नाकाबन्दी गरेर भारतले इन्धन आपूर्ति ठप्प पारेपछि अब नेपालले बंगलादेशबाट इन्धन ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
त्यसका लागि नेपाल आयल निगमको एक टोली इन्धन आपूर्ति सम्भावना बुझ्न शनिबार बंगलादेश जाने भएको छ । भारतले इन्धन रोक्दा राजधानी लगायत देशैभरी हाहाकार भएपछि बंगलादेशबाट आयात अध्ययन गर्न निगमको दुई सदस्य टोली त्यसतर्फ जान लागेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
निगमका अनुसार प्रवक्ता घिमिरे र इन्जिनियर विभाग प्रमुख वीरेन्द्र गोइत शनिबार बंगलादेश जाने निर्णय भएको छ । टोलीले इन्धन आयातको सम्भावना र व्यापारका सम्बन्धमा अध्ययन गर्नेछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमको टोली बंगलादेश जान लागेको हो ।















प्रतिक्रिया