३० आश्विन २०८३, शुक्रबार

प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, २४ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक उस्सेम्सले साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २७ सदस्यीय प्रारम्भिक टोलीको आज घोषणा गरेका छन् ।

बन्द प्रशिक्षणमा रहेका ३९ जनाबाट प्रारम्भिक टोलीमा परेका खेलाडीमा अनिल गुरुङ, कर्ण लिम्बू, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट, नवीन लामा र टङ्क बस्नेत छन् ।

त्यस्तै, योगेश गुरुङ, विशाल राई, विक्रम लामा, शिव श्रेष्ठ, राजेन्द्र रावल, हेमन गुरुङ, रोहित चन्द, जगजीत श्रेष्ठ, अजित भण्डारी, विराज महर्जन पनि टोलीमा परेका छन् ।

त्यसैगरी, आदित्य चौधरी, अनन्त तामाङ, जीतेन्द्र कार्की, देवेन्द्र तामाङ, रविन श्रेष्ठ, रञ्जीत धिमाल, किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी पनि टोलीमा अटाउन सफल भए ।

प्रारम्भिक टोलीमा म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा पक्राउपछि धरौटीमा छुटेका निवर्तमान कप्तान सागर थापासहितका खेलाडीलाई भने समावेश गरिएको छैन । मुद्दाको टुङ्गो नलागेसम्म उनीहरुको निलम्बन कायमै रहने अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ ।

प्रतियोगिता भारतको केरलामा आगामी डिसेम्बर २३ देखि सञ्चालन हुँदैछ । रासस