१२ कार्तिक २०८३, बिहिबार

भारतबाट ल्याउँदै गरेको पटाका प्रहरीले समात्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Patakhaलहान, २५ कात्तिक । अवैध तरिकाले भारतीय बजार लौकाहाबाट भित्र्याएको रु एक लाख बराबरको पटाका प्रहरीले नियन्त्रणमा लिई नष्ट पारेको छ ।

तिहार र छठ पर्वका लागि भित्रिएको विस्फोटक पदार्थ पटाका इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिई नष्ट गरेको हो ।

भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सिरहाको महेश्वारी क्षेत्रबाट बेवारिसे अवस्थामा प्रहरीले बरामद् गरेको नागरिन पटाका, रकेट, चक्र, आलुबमलगायत पटाका नियन्त्रणमा लिई बलान खोला किनारमा लगेर नष्ट गरेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । रासस