१२ कार्तिक २०८३, बिहिबार

सत्र पोका लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi Pakrauदाङ, २५ कात्तिक । लागुऔषध ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय तुलसीपुरले कपडादेवीबाट दुईजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक मिलन श्रेष्ठले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका वडा नं १२ का १९ वर्षीय राजन विक, तुलसीपुर नगरपालिका वडा नं ८ दुधेनाका २४ वर्षीय शिशिर काफ्ले रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुबाट ठूलो र सानो गरी १७ पोका ब्राउन सुगर, एक लाख ४५ हजार नगद, नौ थान मोबाइल सेटसमेत बरामद गरिएको श्रेष्ठले बताउनु भयो ।

गएराति पक्राउ परेका उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ ।