१ कार्तिक २०८३, शनिबार

चीनबाट दुई सय तीन मेट्रिक टन पेट्रोलियम पदार्थ नेपाल भित्रियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwagadi-Kerung-Naka (3)धुन्चे (रसुवा), २४ कात्तिक । चीन सरकारले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थ आज रसुवागढी नाकाबाट २६ वटा ट्याङ्कर भित्रिएको छ ।

सशस्त्र प्रहरी, सीमा सुरक्षा बलका अनुसार नेपाल भित्रिएका पेट्रालियम पदार्थको परिमाण २०३ मेट्रिक टन रहेको छ । भन्सार प्रक्रिया पूरा भइसकेकाले बुधबार साँझसम्म केन्द्रीय भण्डारणमा पु¥याइसक्ने लक्ष्य रहेको बताइएको छ ।

यसैबीच चीनबाट पहिलोपटक आज रसुवागढी नाकाबाट १५ कन्टेनर स्याउ नेपाल भित्रिएको छ ।

नेपाल चीन केरुङ व्यापार सङ्का सचिव मुकुन्द पौडेलका अनुसार तिहार पर्वलाई लक्षित गरी ल्याइएका ती स्याउ भन्सार प्रक्रिया पूरा गरी भोलि साँझसम्म काठमाडौँ पु¥याउने लक्ष्य रहेको छ ।

यसैगरी तयारी पोसाकलगायतका सामग्री केरुङ आइसकेकाले ती सामान ढुवानीका लागि नेपाली कन्टेनरहरु केरुङबाटै लोडिङका लागि लाइन बसिसकेको सचिव पौडेलले जानकारी दिनुभयो । रासस