३० आश्विन २०८३, शुक्रबार

म्यानमारमा २५ वर्षपछि प्रजातन्त्रवादी नेतृ सुकीलाई भारी बहुमत (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Myanmar's National League for Democracy Party leader Aung San Suu Kyi speaks to media about upcoming general elections in Yangon

याङ्गुन, २४ कात्तिक । म्यानमारमा यही नोभेम्बर ८ मा सम्पन्न आमनिर्वाचनको परिणाम अनुसार सत्ताधारी दलले प्रतिपक्षी आङ सान सुकीको दलसँग पूर्णरुपमा पराजय भोग्नुपर्ने अवस्था देखिएको समाचार छ ।

म्यानमारमा सत्तारुढ दलका एक वरिष्ठ सदस्यले मङ्गलबार सो जानकारी दिएका छन् । अहिलेसम्म गणना भएको मत अनुसार सुकीको दल निकै अगाडि देखिएको छ ।

यस निर्वाचन परिणाममा सुकीको पार्टी नेसनल लिग फर डेमोक्र्यासी (एनएलडी) को अवस्था अत्यन्तै बजबुद देखिएको छ ।

संसदको तल्लो सदनको ५४ सिट घोषणा भएकोमा एनएलडीले नै ४९ स्थानमा विजय हासिल गरेको छ । सत्ताधारी दलको पार्टी युनियन सोलिड्यारिटी एण्ड डिभलपमेन्ट (एनएलडी) भने तीन सिटमा मात्र विजय हासिल गर्न सफल भएको प्राप्त समाचारमा जनाइएको छ ।

suki-1एनएलडी वरिष्ठ सदस्यले आफ्नो पार्टीको पूर्ण रुपमा पराजय र एनएलडीको विजय भएको जनाएका छन् ।

त्यसैगरी एनएलडी वरिष्ठ सदस्य सुकी पनि विजयी हुनुभएको एएफपीलाई जानकारी दिएका छन् ।
सन् १९९० मा सैनिक शासकले गराएको आमनिर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचित हुनुभएको थियो ।

भए पनि षड्यन्त्रपूर्वक सुकीको दल नेसनल लिग फर डेमोक्र्यासीलाई भने सत्ताको नेतृत्व गर्न दिइएको थिएन ।

तर यस पटक भने आइतबार भएको आमनिवार्चनको अगाडि नै राष्ट्रपति थान सेनले एक टेलिभिजनलाई दिनुभएको अन्तरर्वातामा सत्ताधारी दल अर्थात सेनाले निर्वाचनको परिणामलाई स्विकार्ने बताउनु भएको छ । रासस/एएफपी

MYANMAR-POLITICS-ELECTIONMyanmar Election