काठमाडौं, २४ कात्तिक । साइकल चढेर अहिले चर्चामा रहेका पूर्व समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आन्दोलन रोक्न मधेसवादी दललाई आग्रह गर्नुभएको छ ।
‘मुलुकको वर्तमान सङ्कट र समाधान’ राष्ट्रिय बहसलाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले नेपालभन्दा माथि कुनै जात र धर्म हुँदैन भन्नुहुँदै एक नेपालीले अर्का नेपालीको विश्वास गर्नुपर्ने र घरेलु समस्या समाधानका लागि अरुको बुइ नचढौँ भन्नुभयो ।
डिभी पिआरधारी कर्मचारीको सफाई अभियानमा सफल काम गरेका पूर्वमन्त्री पण्डितले मधेस आन्दोलन मधेसकै लागि घातक भएको समेत बताउनुभयो ।















प्रतिक्रिया