३० आश्विन २०८३, शुक्रबार

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीलाई धरौटीमा छाड्न अदालतको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

match-fixingकाठमाडौं, २४ कात्तिक । अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

मंगलबार थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमन भट्टराई, सदस्यहरु भुपेन्द्रप्रसाद राई र महेश प्रसाद पुडारसैनीले धरौटीमा छाड्न आदेश दिनुभएको हो ।

यसअघि प्रहरीले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान र प्रशिक्षकसहित पाँच खेलाडीलाई पक्राउ गरी उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा जन्मकैदको माग गर्दै मुद्धा दायर गरेको थियो ।

तर, अदालतले धरौटीमा छाड्न आदेश दिँदै पक्राउ परेका प्रशिक्षक अन्जन केसी र गोलकिपर रितेश थापासँग ५ लाख धरौटी मागेको छ । त्यस्तै, निलम्बित कप्तान सागर थापसँग १ लाख ५० हजार र अन्यलाई ५० हजार धरौटी मागेको छ ।

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टोलीका कप्तान सागर थापासहित चार खेलाडी र एक प्रशिक्षक असोज २७ गते पक्राउ गरेका थिए । पक्राउ पर्नेमा उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसी रहेका छन् ।उनीहरुमाथि विभिन्न अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर खेल मिलेमतो गरेको आरोप लगाइएको थियो ।