१ कार्तिक २०८३, शनिबार

जिरी विमानस्थल सञ्चालनमा आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jumla-airportजिरी, २४ कात्तिक । पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल बन्द भएको २५ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ ।

उद्योग वाणिज्य सङ्घ जिरीले आज आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जिरीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न बन्द रहेको विमानस्थल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

जिरीमा रहेको ४०० वर्गमि क्षेत्रको हवाई मैदान चौथाइ शताब्दीदेखि गौचरनका लागि प्रयोग हुँदै आएको छ । जिरीस्थित पशु विकास फार्मका नाममा नापनक्सा रहेको हवाई मैदान प्रयोगविहीन भएका कारण पशु विकास फार्मले गौचरन बनाएको हो ।

विमानस्थल सञ्चालनमा आए जिरी हुँदै सोलुखम्बु जाने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनाका साथै जिरीको व्यायापारमा वृद्धि हुने जिरीवासीको अपेक्षा छ । रासस