३० आश्विन २०८३, शुक्रबार

पंकजले कहाँबाट विहे गर्लान ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पंकज शर्मा, मोडल
पंकज शर्मा, मोडल

काठमाडौं । कला क्षेत्रमा भविष्य खोज्दै गरेका पंकज शर्मा सुन्नेका लागि यो नाम नयाँ लाग्न सक्छ । तर उनले थुप्रै फिल्म, म्यूजिक भिडियो र नाटकहरूमा अभिनय गरिसकेका छन् ।

सानो भूमिकालाई पनि मन लगाएर अभिनय गर्ने पंकजको रहर यतिमा मात्रै सीमित छैन । उनी ठूलो पर्दाको नायक बन्ने उदेश्यका साथ लागेका हुन् । सानैदेखि कला क्षेत्र भनेपछि हुरुक्कै हुने पंकजलाई आफ्नो उदेश्य पूरा गराउने बाटाहरू पनि भेटिएका छन् ।

सुरुवाती दिनमा म्यूजिक भिडियो खेलेका पंकजलाई भिडियो खेल्नकै लागि समस्या छैन । उनी मिस्टर एण्ड मिस काठमाडौं २०१० को बेष्ट ड्रेस विजेता हुन् । कला क्षेत्रमा लागेदेखि सानातिन पुरस्कार पनि उनले पाइरहेका छन् ।

दाङको देउखुरी उपत्यकास्थित सुन्डबरी स्थायी घर भएका पंकज अधिकांश समय राजधानीमा बसोबास गर्छन् । समय हुँदा घर जाने गरेको बताउने पंकजलाई घरपरिवारको पूरा सहयोग छ । घरपरिवार कै कारण पंकजलाई यो क्षेत्रमा रमाउन सहयोग पनि मिलेको छ ।

‘घरपरिवारको सहयोग र समर्थन नरहेको भए मलाई कला क्षेत्रमा लाग्न समस्या हुन्थ्यो होला’, उनले भने, ‘अहिलेसम्म राम्रै छ । हेरौँ भविष्यमा के हुन्छ ?’

Pankaj sharmaपंकजले पछिल्लो पटक ‘परदेशी’ फिल्म हेरेका हुन् । फिल्म कस्तो लाग्यो भन्ने जिज्ञासामा उनले भने, ‘एकदमै राम्रो छ । गाउँ–समाजको कुरालाई फिल्मले उठाएको छ । सामान्य विषयवस्तुलाई सरल रुपमा फिल्ममा उठाएको छ । फुर्सद भयो भने तपाईले पनि एक पटक गएर हेर्नु होला ।’

अविवाहित पंकजलाई विहे कहिले गर्ने हो ? भनेर प्रश्न गर्दा उनले भने, ‘दिन आएपछि गरौँला नी । विहेमा बोलाउँछु ढुक्क हुनुस् ।’

गर्ल फ्रेन्ड छन् कि छैनन् नी ? भन्ने प्रश्नमा पंकजले भने, ‘किन नहुनु, छ नी ।’ गर्ल फ्रेन्डको घर कता हो ? भन्ने जिज्ञासामा उनले भने, ‘धेरै भनिन । अरु धेरै नसोध्नु होला पनि । ससुराली नुवाकोट जिल्लातिर बनाउँकी भनेर सोँचेको छु ।’

फिल्ममा नायक बन्ने उनको ठूलो योजना छ । हेर्दै पनि पंकजको शरीर नायककै लागि सुहाउने खालको छ । अग्ला र खाइलाग्दो शरीर रहेका पंकजलाई सुरुमा देख्नेले पनि प्रशंसा गर्न भुल्दैनन् ।

कुन–कुन फिल्ममा खेल्नु भएको छ भन्ने जिज्ञासामा पंकजले भने, ‘मायाको बन्धन, दब्दबा, भइहाल्छ नीलगायतमा खेलेको छु ।’ म्यूजिक भिडियो भने पंकजले थुप्रै खेलेका छन् ।

भविष्यको योजनाका बारेमा उनले भने, ‘खासै धेरै ठूलो सपना छैन । कला क्षेत्रमै लाग्ने भनेर घरबाट हिँडेको हुँ । ठूलो कलाकार बन्ने योजना छ । कला क्षेत्रबाटै नाम कमाउने छु ।’

नेपाली फिल्मका हरिहर शर्मा, मिथिला शर्मा, नीर शाह, नम्रता श्रेष्ठ आदि उनलाई मन पर्ने कलाकार हुन् । गायक गायिकामा पंकलाई नारायण गोपाल, शिव परियार, कोमल ओली, टीका पुन आदि मन पर्छ ।

पुरानामध्ये उनलाई मधुबाबु थापा र चन्द्रकला शाहका गीत पनि खुब मन पर्छ । सबै खालका गीत सुन्न मन पराउने पंकजले अलि धेरै वियोगान्त गीत सुन्छन् । वियोगान्त गीतमा अभिनय गर्न पनि मज्जा आउने उनको अनुभव छ ।

पंकजले पछिल्लो पटक ‘परदेशी’ फिल्म हेरेका हुन् । फिल्म कस्तो लाग्यो भन्ने जिज्ञासामा उनले भने, ‘एकदमै राम्रो छ । गाउँ–समाजको कुरालाई फिल्मले उठाएको छ । सामान्य विषयवस्तुलाई सरल रुपमा फिल्ममा उठाएको छ । फुर्सद भयो भने तपाईले पनि एक पटक गएर हेर्नु होला ।’