३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपति ओबामा पेरिस जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama-1वासिङटन, २४ कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन फ्रान्सको राजधानी पेरिस जानुहुने भएको छ ।

अमेरिकी राष्ट्रतिको कार्यालय ह्वाइट हाउसले सोमबार दिएको जानकारीअनुसार विश्वव्यापी रुपमा बढ्दो मात्रामा देखिएको जलवायु परिवर्तनको चासोको सम्बोधनका लागि पहल भइरहेको भनिएको सो सम्मेलनमा सहभागिताका लागि राष्ट्रपति ओबामा पनि जान लाग्नुभएको बताइएको छ ।

ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेष्टले दिएको जानकारीअनुसार राष्ट्रपति ओबामा यही नोभेम्बर ३० र डिसेम्बर १ का दिन मात्र उहाँ सो सम्मेलनमा सहभागी हुनुहुने छ । सम्मेलन नोभेम्बर ३० बाट सुरु हुदैछ । उक्त सम्मेलनमा विश्वका नेताहरुको सहभागिता हुने अनुमान गरिएको छ ।

जलवायु परिवर्तनजस्तो विश्वव्यापी समस्याको एजेन्डामा विश्वका नेताहरुसँग छलफल र परामर्श गर्नका लागि राष्ट्रपति ओबामा त्यहाँ जान लाग्नुभएको हो, प्रवक्ता जोसले जानकारी दिनुभयो ।

राष्ट्रपति ओबामाले सो सम्मेलनमा यसअघिका जलवायु परिवर्तनको प्रभाव कमगर्न विश्वका देशले अघि सारेका कार्यक्रमहरुको कार्यान्वयनका क्षेत्रमा जोड दिनुहुने छ । साथै यसको प्रभाव कमगर्नका लागि आवश्यक कार्बन कटौतीका कार्यक्रममा पनि उहाँले जोड दिनुहुने ह्वाइट हाउसले जनाएको छ ।

यसैबीच अर्काे एक समाचारअनुसार राष्ट्रपति बाराक ओबामाले सोमबारै आफ्नो एक नयाँ फेसबुक पेज पनि सञ्चालनमा ल्याउनुभएको छ ।
उहाँले सो पेजमा गर्नुभएको पहिलो पोष्टमा जलवायु परिवर्तनको असर कम गर्ने कार्यका लागि काम गर्न सबैसँग आग्रह गर्नुभएको छ । रासस/सिन्ह्वा