१ कार्तिक २०८३, शनिबार

एजेन्ट भगत र दुगडलाई रु १२ लाख ४५ हजार जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-money-taxपथरी (मोरङ), २४ कात्तिक । राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले विराटनगरका दुई भन्सार एजेन्टलाई रु १२ लाख ४५ हजार जरिवाना गरी कारबाही गरेको छ ।

राजस्व अनुसन्धान क्षेत्रीय कार्यालयका अनुसार हिसाब जाँच गर्दा उहाँहरुले राजस्व छलेको पाइएपछि विराटनगरका भन्सार एजेन्ट सञ्जीव भगतलाई रु ११ लाख र सञ्जय दुगडलाई रु एक लाख ४५ हजार जरिवाना गरी कारबाही गरिएको हो । दश दिनअघि भगतले प्रहरीको सुरक्षामा तीन गाडी कपडा र दुगडले विद्युतीय सामान आयात गर्नुभएको थियो ।

सुरक्षा दिई सामग्री ल्याउँदै गर्दा दुवै भन्सार एजेन्टले राजस्व छलेको आशङ्कामा मोरङ प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धानको कार्यालय इटहरीमा बुझाएको थियो ।

त्यस्तै १५ दिनअघि विराटनगरका भन्सार एजेन्ट पिन्टु साहले राजस्व छलेको पाएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले रु १६ लाख सात हजार जरिवाना गरी कारबाही गरेको थियो । रासस