६ कार्तिक २०८३, शुक्रबार

ट्वीटरले धोका दिएपछि कमल थापा चकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapaकाठमाडौं, २४ कात्तिक । वीरगन्ज घटनापछि सामसुम भएको सरकार–मधेसी मोर्चा वार्ता सोमबार हुने भनी परराष्ट्रमन्त्री कमल थापाले आइतबार साँझ ट्वीट गरे ।

सरकारी वार्ता टोली संयोजकसमेत रहेका थापाको ट्वीटले सामाजिक सञ्जालहरूमा एकाएक उत्साह छायो ।

वार्ता सफल बनोस् भन्ने आशयका शुभेच्छा ओइरिन थाले ।

सोमबार दिउँसो सिंहदरबारस्थित संसदीय दलमा भेटिएका समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले आपत्ति जनाए । ‘वार्ता अगाडि बढेको १० घण्टा नबित्दै वीरगन्ज घटना किन गराइयो, यसको जवाफ नआउन्जेल केको वार्ता ?’

निर्णायक वार्ताअगाडि प्रधानमन्त्री, कांग्रेस र एमाओवादी अध्यक्षसहितको शीर्ष बैठकले सीमांकनसम्बन्धी ठोस धारणा ल्याएपछि खबर पठाउने सहमति कात्तिक १५ को वार्तामा भएकामा कार्यान्वयन नभएको भन्दै राईले आपत्ति जनाए ।

सरकारले वार्ताको वातावरण बनाउनुको साटो झन् बिगार्न उद्यत रहेको उनको आरोप रहेको कान्तिपुर दैनिकले छापेको छ ।

सरकारी टोली संयोजक थापाले भने थप गृहकार्य आवश्यक रहेकाले सोमबारको वार्ता स्थगित गर्नु परेको प्रस्टीकरण दिए ।