६ कार्तिक २०८३, शुक्रबार

भारतले फेरि भन्यो मधेसीका माग पूरा नहुँदासम्म नाकाबन्दी खुल्दैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhairahawa vansar naka pani thappa (8)काठमाडौं, २४ कात्तिक । नेपाल सरकारले सीमामा पारवहन तथा आपूर्तिमा लगाएको अवरोध हटाउन भारत सरकारलाई आग्रह गरेको छ ।

तर, आन्दोलनरत मधेसी दलका मागको सम्बोधन गरेपछि मात्र नाकाबन्दी खुकुलो गर्ने अडान भारतको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे भारत सरकारलाई लिखित जानकारी गराइएको छैन भने दिल्लीस्थित नेपाली दूतावासलाई पनि औपचारिक जानकारी छैन
।

‘सरकारले भारतलाई आह्वान गरेको भन्ने निर्णय पत्रपत्रिकाबाट थाहा पाइयो,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले सोमबार साँझ टेलिफोनमा भने, ‘तर त्यसबारे औपचारिक च्यानलमार्फत हामीलाई नै जानकारी आएको छैन ।’

अनौपचारिक रूपमा भने जानकारी गराइएको दूतावास स्रोतले बताएको नयाँ पत्रिकाले छापेको छ ।

‘भारत आफ्नो मुद्दामा टसमस छैन, मधेसीहरूको माग सम्बोधन नभएसम्म नाकाबन्दी हट्ने सम्भावना छैन,’ नेपाली दूतावासका एक अधिकारीले भने ।