१२ कार्तिक २०८३, बिहिबार

दाङको चौपट्टामा भारतीय ट्रकमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Geep-Aagoदाङ, २३ कात्तिक । भारतीय नम्बर प्लेटको ट्रकमा आज अज्ञात समूहले आगजनी गरेको छ ।

दाङको घोराहीमा केरा झारेर फर्किदै गरेको युपी ५५ सी ४०२५ नम्बरको ट्रकमा चार/पाँचजनाको अज्ञात समूहले ट्रकमा आगजनी गरेको चालक सुकदेव यादवले जानकारी दिनुभयो ।

भारतको कृष्णनगरबाट केरा लिएर आएको ट्रक फर्किने क्रममा घोराही–लमही सडकखण्डको चौपट्टामा रोकेर सो समूहले आगजनी गरेको यादवले बताउनुभयो ।

आगजनीबाट ट्रक पूर्णरुपमा क्षति भएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिनुभयो । ट्रकमा आगलागी भएको जानकारी पाएलगत्तै घोराही नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । रासस