१ कार्तिक २०८३, शनिबार

नेपाल भ्रमणमा आउने बेलायती प्रधानमन्त्री क्यामरुनको इच्छा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

David Cameronलन्डन, २३ कात्तिक । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

नेपालमा भारतको नाकाबन्दीलाई नजिकबाट नियालिरहेका क्यामरुन आफ्नी पत्निका साथ नेपालको भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री क्यामरुनले यसअघि पनि नेपालको भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । तर, राजनीतिक अस्थिरताका कारण नेपालले उहाँको भ्रमणलाई टार्दै आएको छ ।

यसै महिना भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत जाँदैहुनुहुन्छ । जहाँ क्यामरुनले नेपालमाथि लगाएको नाकाबन्दीको प्रसंग मोदीसँग उठाउँदैहुनुहुन्छ ।

प्रधानमन्त्री क्यामरुनले आइतबार लन्डनमा आयोजित नेश्नल सर्भिस अफ रिबेम्बरेन्स् कार्यक्रमपछि आयोजित रिसेप्सनमा उपस्थित बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीसँगको भेटमा नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको र बातावरण मिलाउन आग्रह गर्नुभएको छ ।

कार्यवाहक राजदूत क्षेत्रीले बेलायती प्रधानमन्त्री क्यामरुनले नेपालले शान्ति प्रक्रिया टुंग्याएर नयाँ संविधान जारी गरेको नेपाललाई बधाई दिनुभएको थियो ।