१२ कार्तिक २०८३, बिहिबार

नेपाल प्रहरीलाई सेनाको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police-Sena-1

काठमाडौं, २३ कात्तिक । प्रत्यक्ष जनताको शान्तिसुरक्षामा खटिँदै आएको नेपाल प्रहरीलाई नेपाली सेनाले सहयोग उपलब्ध गराएको छ ।

प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले ट्राफिक व्यवस्थापन प्रयोजनका लागि नेपाल प्रहरीलाई नेपाली सेनासँग रहेका १० थान घोडा हस्तान्तरण गर्नुभयो ।

त्रिभुवन आर्मी अफिसर्स क्लव जंगी अड्डामा सोमबार आयोजित एक कार्यक्रममा प्रधान सेनापति क्षत्रीले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई घोडा हस्तान्तरण गर्नुभएको हो ।

Police-Senaअत्यधिक भीड हुने चोक, सार्वजनिक स्थान र विशेष चाडपर्वका अवसरमा जम्मा हुने भीड नियन्त्रण गर्न घोडाको प्रयोग प्रभावकारी हुने भएकोले सो प्रयोजनका लागि नेपाली सेनाले सहयोगस्वरुप नेपाल प्रहरीलाई घोडा हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका घोडाहरु ५ देखि १७ वर्षसम्म उमेरका छन् । ती घोडाहरुलाई काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने गरी महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा राखिएको छ ।

कार्यक्रममा रक्षा सचिव, गृह सचिव, बलाधिकृत, रथिबृन्द, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अधिकृतको उपस्थिति रहेको थियो ।