काठमाडौं, २३ कात्तिक । टर्कीको इस्तानबुल उडेको टर्किस एयरको जहाजमा सोमबार दिउँसो चरा ठोक्किएको छ ।
दिउँसो १ बजेर ३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडेको बिमान ४ सय फिट माथि पुगेको अवस्थामा चरा ठोक्किएको बिमानस्थलको टर्मिनल डिपार्टले जनाएको छ ।
डिपार्ट प्रमुख भोला गुरागाइँले चरा ठोक्किएको भनेर चालकले नै एयर ट्राफिक कन्ट्रोलमा जानकारी दिएको बताए । उनका अनुसार बिमानको सबै अवस्था सामान्य रहेको जानकारी दिँदै पाइलटले विमानको उडान रोकेनन् ।
चरा ठोक्किएपनि क्षति नहुँदा चालक दलका सदस्य र यात्रुहरु सुरक्षित छन् ।















प्रतिक्रिया