३० आश्विन २०८३, शुक्रबार

काग तिहारका अवसरमा रत्नपार्कमा काग सम्मेलन (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kag-1काठमाडौँ । तिहारको पहिलो दिन काग तिहारका अवसरमा कलाकार रमेश दुलालले काग सम्मेलनको आयोजना गर्नुभएको छ ।
प्रत्येक वर्ष काग तिहारका दिन उहाँले कागको आवाज निकालेर कागलाई बोलाई सो सम्मेलन गर्दै आउनुभएको हो ।

‘संविधानको कार्यान्वयनको चुनौतीसँगै काग सम्मेलन’ नाम दिएर रत्नपार्कमा गरिएको सो सम्मेलनमा कलाकार दुलालको आवाज सुनेर दर्जनौँका सङ्ख्यामा काग आएका थिए ।

यसवर्ष भारतको अघोषित नाकाबन्दीका कारण नेपालले भोग्नुपरेको कठिनाइलाई पनि आफूले काग सम्मेलनको विषय बनाएको उहाँले बताउनुभयो । उहाँले आफूले विभिन्न चराचुरुङ्गीका साथै सङ्गीतको धुन आवाजमार्फत् निकाल्नसक्ने दाबी गर्नुभयो । रासस

kagkag sammelanKag-2