काठमाडौं, २३ कात्तिक । अन्तर्राष्ट्रिय खेलमा करोडौंको पैसा लिएर म्याच फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय फुटबल टिमका पाँच खेलाडीलाई बयानका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।
खेलाडीको बयान सकिएलगत्तै अधिवक्ताबीच थुनछेकका लागि बहस सुरु हुनेछ । सरकारी वकिलको कार्यालयले खेलाडीविरुद्ध ‘राज्यविरुद्धको अपराध’ मा मुद्दा चलाएको छ । बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्ने अथवा जेल सजायँ दिने फैसला अदालतले गर्नेछ ।
प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्रीमाथि लगाइएको अभियोग पुष्टि भए जन्मकैद सजायँ हुन सक्छ । प्रहरीले उनीहरुलाई असोज २७ गते राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।















प्रतिक्रिया