६ कार्तिक २०८३, शुक्रबार

अन्ततः भारतले नाकाबन्दी हटाउने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Nakabandi

काठमाडौं । भारतले चाडवाडका बेला नेपाली जनतालाई दुःख दिने आफ्नो मनसाय नरहेको भन्दै डेढ महिनायता लगाउँदै आएको नाकाबन्दी हटाउने संकेत गरेको छ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग आइतबार भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभालले नाकाबन्दी हटाउने संकेत दिएका हुन्।

स्रोतका अनुसार डोभालले उपाध्यायसँग नाकाबन्दी हटाएर नेपालसँगको सम्बन्ध सुधार्न चाहेको बताएका थिए। भेटमा राजदूत उपाध्यायले आपूर्तिमा भारतबाट भइरहेको अवरोध हटाएर जनतालाई राहत दिनुपर्नेमा जोड दिएका थिए। उनले आपसी समस्या कूटनीतिक तहबाट हल गर्न सकिने पनि बताएका थिए।

डोभालसँगको भेटपछि भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने प्रमुख अभय ठाकुरले राजदूत उपाध्यायलाई फोन गरी आपूर्ति अहज बनाउन सघाउने बताएका थिए । उपाध्यायले आइतबार मध्यरातभित्र सीमा नाका खोलिदिन आग्रह गरेको स्रोतले बतायो।

राजदूत उपाध्यायले भने, ‘भारतीय पक्षसँग सकारात्मक रूपमा कुराकानी भएका छन्। आशा छ उनीहरूले नेपालमा विद्यमान संकटप्रति गम्भीर भएर हामीसँग सहकार्य गर्नेछन्।’

भारतले नयाँ संविधान आफू अनुकूल नभएकोमा रोष व्यक्त गर्दै नेपालमा नाकाबन्दी लगाएको थियो। यसले गर्दा दुई देशबीचको सम्बन्ध बिग्रदो अवस्थामा पुगेपछि भारतले नाकाबन्दी खोल्न लागेको स्रोतले बतायो । अन्नपूर्ण पोष्टमा खबर छ ।