१ कार्तिक २०८३, शनिबार

जुनाले नछाड्ने भनेपछि राजन पनि के कम ‘छाड्दैन’ भनिदिए छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajan-Thakuri

– विमल योगी

लोकदोहरी गायनकै पेशा अंगालेर बसेका राजनले गंगबुस्थित नयाँबसपार्क नजिकै दोहरी गीत साँझ खोलेका छन् । राजन त्यही दोहरी साँझमा प्रत्येक दिन बेलुका भेटिन्छन् । दोहरी साँझमा आउने अनेक थरिका ग्राहक स्रोताको सुझाव र अरु मित्रहरूको सल्लाह सुझावमा उनले ‘बोटो मोड्ने छैन कसम……’ रेडर्क गराएको पनि भन्न भुल्दैनन् । गीतमा केटीको स्वरमा जुना श्रीषले साथ दिएकी छिन् । मिठो स्वरकी धनी जुना र राजनको केमेष्ट्री खुब मिलेको छ । गीतमा दुबैको स्वरको लेबलका कारण पनि गीत सुन्नेका लागि अति आनन्द महशुस हुन्छ । लोक तथा दोहरी गीत मात्रै गाउँछ भन्ने आरोपलाई खण्डन गर्छन् आजकाल, राजन । उनले राष्ट्रिय गीतदेखि आधुनिकसम्मका गीत पनि गाउने गरेको बताउँछन् ।