३० आश्विन २०८३, शुक्रबार

भारतकै मन्त्रीबाट प्रधानमन्त्री मोदीको कडा अलोचना- अब मन्दिर गएर घण्टा बजाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

azam-modi

काठमाडौं, २२ कात्तिक । भारतको सबैभन्दा ठूलो राज्य बिहारमा भारतीय जनता पार्टीले लज्जास्पद हारेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कडा अलोचना भएको छ । कारण मोदी आफै बिहारमा चुनावी प्रचार प्रसारमा खटिएका थिए ।

जसका कारण बिहारमा बीजेपीले होइन् प्रधानमन्त्री मोदीले हारेको टिप्पणी गरिन थालिएको छ । धेरैले मोदीको आलोचना गरिरहेका छन् । यसैक्रममा भारतका एक मन्त्रीले समेत मोदीको आलोचना गरेका छन् ।

उत्तर प्रदेश क्याविनेटका मन्त्री आजम खानले प्रधानमन्त्री मोदीमाथि हमला गर्दै अब मन्दिरमा गएर घण्टा बजाउन सुझाव दिएका छन् । प्रधानमन्त्री मोदी पराजयको सन्दर्भ कोट्याउँदै आजमले मुश्लीम समुदायलाई हेला गर्ने दृष्टिले मोदी हारको सिकार बनेको आरोप लगाए ।
आज सार्वजनिक भएको बिहारको चुनावी मतपरिणाम अनुसार मोदीको बीजेपी तेस्रो पार्टी बनेको छ ।