१ कार्तिक २०८३, शनिबार

राजेन्द्र महतोको नागरिकतामाथि छानविन गर्ने सरकारको तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-mahato-2काठमाडौं, २२ कात्तिक । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकतामाथि छानविन हुने भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता समेत रहेका महतोकै नेतृत्वमा विगत तीन महिनादेखि मधेसमा आन्दोलन हुँदै आएको छ । विगतमा पटक पटक मन्त्री भइसकेका महतोले आन्दोलनमा अलि बढी नै बोल्न थालेपछि उनको नागरिकतामाथि छानविन गर्न सरकारले तयारी थालेको हो ।

किर्तेगरी पहिला आफ्नो नागरिकता बनाएको र पछि बुवाको नागरिकता बनाएको आरोप महतोमाथि लाग्दै आएको छ । सरकारका उपप्रधानमन्त्री सिपी मैनालीले महतोको नागरिकतामाथि छानविन गर्न छिट्टै एक गुप्त समिति खटाउन लागिएको बताए ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आन्दोलनरत मधेसवादी दलबाट सद्भावना पार्टीका अध्यक्ष महतोले नेपालबाट वंशजका आधारमा नागरिकता पाएको भनी गरेको दाबीबारे खोजबिनका लागि यस्तो तयारी गरिएको जानकारी दिए ।