– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली मुलका उज्ज्वल ठकुरीलाई नोवेम्बर ७ तारिखमा भएको खुला कराते प्रतियोगिता प्रथम स्थान प्राप्त भएको छ ।
उनले उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्नुको साथै अन्तर्राष्ट्रिय ब्लक बेल्ट (कालो फित्ताधारी) परीक्षण प्रतियोगितामा भूतपूर्व शितोरियो कराते खेलाडी ठकुरीले सफलता पूर्वक अमेरिकन मारिन गोजु युएसए बाट दोश्रो डन उपाधि हासिल गरेका छन् ।
ठकुरीले अहिले सम्म ९ वटा प्रतियोगितामा सहभागी भै ६ वटा प्रतिस्प्रद्धामा प्रथम स्थान प्राप्त गरेका छन् भने २ वटा प्रतियोगितामा दोश्रो र एउटा प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेका छन् ।
ठकुरीले गरेको दृढ संकल्प, प्रतिबद्ध तथा पूर्व योजना अनुसार ६ महिनामा १० खेल खेली १० वटा प्रतियोगितामा १० वटा पुरस्कार जिती किर्तिमान बनाउने सोच बनाएका ठकुरीले हाल सम्म ९ वटा पदक जिती सकेका छन् । उनि आफ्नो लक्ष्य नजदिक पुगी सकेका छन् ।
उमेरले ४० बर्ष काटी सकेका स्वर्ण पदक बिजेता नेपाली मुलका ठकुरी भन्छन सुन लाई जति पिट्यो त्यति नै चम्किने हुन्छ भन्दै मानिसको शरीरलाई जति कसरत गर्यो त्यतिनै बलियो हुने रहेछ भन्ने कुरामा बिस्वस्त रहेको बताए ।
















प्रतिक्रिया