३० आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय खेलमा करोडौँको म्याच फिक्सिङ गर्ने खेलाडीलाई राज्यविरुद्धको मुद्दा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepalyer Mach Fixingकाठमाडौँ, २२ कात्तिक । म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा पक्राउ परेका फुटबल खेलाडीविरुद्ध प्रहरीले आज विशेष अदालत काठमाडौँमा राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

उनीहरुलाई राज्यविरुद्धको अपराध सजाय ऐन ४६ को दफा ३ को उपदफा १ बमोजिम प्रहरीका एक सहायक निरीक्षकले मुद्दा दर्ता गराएका हुन् । फाँटका एक कर्मचारीले पत्रकारलाई जानकारी दिएअनुसार आज समय अभाव भएकाले अदालती प्रक्रिया भोलि बिहान १० बजेबाट सुरु हुनेछ ।

नेपालले खेलेका अन्तर्राष्ट्रिय खेलमा करोडौँ पैसा लिएर म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले गत असोज २७ गते राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा तथा पूर्व खेलाडीद्वय अन्जन केसी र विकास सिंह क्षेत्रीलाई पक्राउ गरेको थियो । रासस