काठमाडौं, २२ कात्तिक । टेष्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानले नेपालसामू ३२७ रनको चुनौति पेस गरेको छ ।
आइतबार युएईको शेख जायद स्टेडियममा भइरहेको अभ्यास खेलमा टस हारेर व्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको छ ।
पाकिस्तानका लागि कप्तान अजहर अलीले सर्वाधिक ७३ रन बनाए । सोएब मल्लिकले ६३ रन जोडे । यस्तै मोहम्मद हफिजले ४९ रन, युनिस खानले ३८ रन, अहमद शेजादले ३५ रन, बाबर अजामले अविजित रहँदै ४३ रन जोडे ।
नेपालका लागि बसन्त रेग्मीले २ तथा सागर पुन र कप्तान पारस खड्काले १-१ विकेट लिए । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ ।















प्रतिक्रिया