३० आश्विन २०८३, शुक्रबार

मोदी हारे, राजनीतिक जीवनकै ठूलो धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-amit-shahनयाँदिल्ली, २२ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको सबैभन्दा ठूलो प्रदेशमध्ये एक बिहारका लागि भएको निर्वाचनमा पराजय स्वीकार गर्नुभएको छ र यसलाई उहाँप्रति ठूलो धक्काको रूपमा लिइएको छ ।

प्रधानमन्त्री मोदीले ट्विटरमा आफूले बिहारका मुख्यमन्त्री नितिशकुमारलाई फोन गरी निर्वाचनमा विजयका लागि बधाइ दिएको उल्लेख गर्नुभएको छ ।

निर्वाचन आयोगको नतिजामा प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी पार्टीले मुख्यमन्त्री नितिशकुमारको क्षेत्रीय दलको गठबन्धनले भन्दा निकै कम स्थानमा अग्रता लिएको देखिएको छ । यस राज्यमा भएको निर्वाचनको मतगणना भइरहेको छ । रासस/एएफपी