३० आश्विन २०८३, शुक्रबार

नेपाल र पाकिस्तान भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_pakकाठमाडौँ, २२ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा आबद्ध राष्ट्र नेपाल र टेस्ट राष्ट्र पाकिस्तानबीचको ५० ओभरको एक दिवसीय खेल सुरु भएको छ ।

संयुक्त अरब इमरेट्स (युएई)को आबुधाबीस्थित शेख जायद रङ्गशालामा अहिले नेपालले टस जितेर फिल्डिङ(बलिङ) रोजेको छ । इङ्ल्यान्डसँगको टेस्ट तथा एक दिवसीय शृङ्खलाका लागि पाकिस्तानी टोली युएईमा छ । तीन म्याचको टेस्ट शृङ्खलामा पाकिस्तानले २/० ले कब्जा गरेको थियो । चार म्याचको एक दिवसीय शृङ्खला बुधबारदेखि सुरु हुनेछ ।

आइसिसीले आबद्ध राष्ट्रलाई विकास गर्ने उद्देश्यले नेपालको खेल पाकिस्तानीसँग मिलाइदिएको हो । पाकिस्तान टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको बलियो टोली हो ।

युएई भ्रमणमा जानुअघि नेपाली कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेले पाकिस्तानविरुद्धको खेललाई नेपाली टोलीले व्यग्रताका साथ प्रतीक्षा गरिरहेको बताउनुभएको थियो । त्यसैले पनि पाकिस्तानसँग खेल्न पाउनु नेपाली खेलाडीका लागि दुर्लभ अनुभव हुने क्रिकेट विश्लेषकको भनाइ छ ।

नेपालविरुद्ध उत्रिने पाकिस्तानी टोलीमा इङ्ल्यान्डसँगको शृङ्खलाका लागि टोलीमा परेका खेलाडीले नै नेपालविरुद्ध खेलिरहेका छन् । नेपाली टोलीमा कप्तान खड्का, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, वसन्त रेग्मी, सागर पुन, सोमपाल कामी, शरद भेषवाकर, मेहबुब आलम, विक्रम सोब, नरेश बुढा एर, महेश क्षेत्री, शक्ति गौचन, इर्साद अहमद र करण केसी छन् । रासस