३० आश्विन २०८३, शुक्रबार

मोदीले आफ्नै श्रीमतीको अधिकार समेत खोसे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modiकाठमाडौं, २२ कात्तिक । नेपालमा नाकाबन्दी लगाएर आलोचित भइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अर्काे कर्तुत खुलेको छ ।

यसअघि चुनावमा झुटो प्रमाणपत्र पेश गरेका मोदीले अहिले आफ्नै श्रीमती जशोदाबेन मोदीलाई बाह्य देश जाने पासपोर्ट दिन अस्वीकार गरेको खुलासा भएको हो ।

उनले आफ्ना अधिकारीमार्फत श्रीमती बेनलाई पासपोर्ट दिन अस्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ । समाचार अनुसार पूर्व शिक्षिका समेत रहेकी बेनले गत महिना पासपोर्टका लागि अहमदावाद प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन, तर मोदीका कर्मचारीले उनलाई विवाहको प्रमाणपत्र माग्दै पासपोर्ट नदिएका हुन् ।

Modi-Benअहमदावाद क्षेत्रीय पार्सपोर्ट अधिकारी जेडए खान बेनको निवेदनमा आवश्यक कागजात नपुगेकाले उनलाई पासपोर्ट नदिएको जानकारी दिए । विदेशमा बस्ने आफन्तहरुलाई भेट्न जानका लागि पासपोर्टको निवेदन दिएकी बेनलाई विवाह दर्ता प्रमाणपत्रको कारण देखाएर मोदी सरकारका कर्मचारीले दिन नसकिने जवाफ दिएको बेनका भाइ अशोकले बताए ।

प्रधानमन्त्री मोदीले सन् २०१४ मा सार्वजनिक रुपमै बेनलाई आफ्नी पत्नी भएको स्वीकार गरेका थिए । राजनीतिमा लागेपछि मोदीले बेनसँग सम्बन्ध विच्छेद गरेका थिए ।

नेपालस्थित उनका आलोचकले आफ्नै श्रीमतीलाई समेत पासपोर्ट नदिएपछि स्वार्थी भन्न थालेका छन् । उनीहरुले मोदीले नाकाबन्दी नखोल्ने चिन्ता पनि व्यक्त गरेका छन् ।