काठमाडौं, २२ कात्तिक । अढाई महिनाभन्दा बढी समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चारवटै दलहरू आइतबारदेखि व्यवस्थापिका संसद् बैठकमा सहभागी हुने भएका छन् ।
आठ दिनपछि संसद् बैठक आइतबार बस्न लागेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
मधेसमा जारी आमहडताल, सीमामा नाकाबन्दीलगायत जारी आन्दोलनलाई संसद्बाट समेत बल पुर्याउने उद्देश्यले मोर्चा संसद् बैठकमा भाग लिने निर्णयमा पुगेको मोर्चामा सहभागी पार्टी सद्भावनाका महासचिव मनीषकुमार सुमनले बताए ।















प्रतिक्रिया