६ कार्तिक २०८३, शुक्रबार

मुलुकलाई सुरक्षा दिने बेला सशस्त्रका आइजीपी र एआइजीपीबीच कुुटाकुट !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kosh-Raj-Onta-APFकाठमाडौं, २२ कात्तिक । सशस्त्र प्रहरी बलका २ उच्चपदस्थ अधिकारी आधा दर्जन सहयोगीकै माझ एक अर्कालाई अपशब्द प्रयोग गरी गाली गलौजमा उत्रेका छन् ।

सशस्त्र प्रहरी मुख्यालयमा शनिबार बिहान आइजीपी कोषराज वन्तले सशस्त्र प्रहरी दिवसको रिहर्सलका लागि बोलाएको कार्यक्रमपछि भएको कल्याणकारी कोष बैठकमा वन्त र एआइजी जीवनकुमार थापाबीच विवाद हुदाँ झन्डै हात हालाहाल भएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सशस्त्र प्रहरी दिवस कात्तिक ७ गते भएपनि इन्टरपोल बैठकका लागि वन्त अमेरिका गएपछि सोमबार दिवस मनाउने योजना बनेको थियो ।

सशस्त्रले धुमधाम सशस्त्र प्रहरी दिवस मनाउन लागेको भन्दै संगठनभित्र आलोचना भइरहेको छ ।

वन्तले तल्लो स्तरमा गएर सबैले काम गर्नुपर्ने, सबै काममा आफू लाग्नुपर्ने, कसैले केही काम गर्दैनन्, मन्त्री र नेताको ढोकाढोका कुद्दै हिड्छन् भनेर पटक पटक अश्लील शब्द प्रयोग गरेका थिए ।

वन्तले यसो भनेपछि २ महिनापछि अवकाशमा जान लागेका एआएजी थापाले आफ्नो धारणा राख्न १० मिनेट मागेका थिए । वन्तले नदिएपछि उनीहरुबीच बिवाद भएको हो ।