
काठमाडौं, २१ कात्तिक । नेपालका वरिष्ठ संगीतकार सुरेश अधिकारी सत्तारुढ दल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
यसअघि कुनै पार्टीको सदस्यता नलिएका संगीतकार तथा गायक अधिकारीलाई शनिबार काभ्रेको एमाले कुसादेवी गाउँकमिटी अधिवेशन समारोहबाट एमालेमा स्वागत गरिएको हो । उहाँलाई एमाले नेताद्वय अशोक व्यान्जु, भीम न्यौपाने र रामप्रसाद अधिकारीले खादा ओडाएर स्वागत गर्नुभयो ।
एमाले प्रवेश गरिसकेपछि अधिवेशन समारोहमा बोल्दै संगीतकार अधिकारीले राष्ट्रियता, अखण्डता र जनताको अधिकारका लागि लड्ने पार्टी एमाले भएकाले आफू एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले नेता गोकुल बास्कोटाले राष्ट्रियताका लागि एमाले कहिल्यै नझुक्ने बताउनुभयो । कार्यक्रममा एमाले नेता किशोर थापाले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।


















प्रतिक्रिया