३० आश्विन २०८३, शुक्रबार

चिलीमा शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chile_Bhukampaसान्टियागो, २१ कात्तिक । चिलीमा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.८ रिक्टर स्केल मानप गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

चिलीको भूशास्त्र अध्ययन संस्थाका अनुसार भूकम्पछि सुनामी चेतावनी भने दिएको छैन । प्रशान्तमहासागरिय सुनामी चेतावनी केन्द्र सुनामीको चेतावनी जारी नगरेको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु सान्टियागो सहरबाट ३ सय किलोमिटर उत्तरमा पर्ने इलाकामा ३६ किलोमिटर गहिराइमा रहेका पनि सो संस्थाले बताएको छ ।

गत सेप्टेम्बरमा पनि सोही क्षेत्रमा ८.३ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी १५ व्यक्तिको मृत्यु हुनुको साथै १६ हजार भन्दा बढी घरवारविहिन भएका थिए । रासस ÷एएफपी