१ कार्तिक २०८३, शनिबार

प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय गलत छः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepal

दाङ, २१ कात्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा प्रमुख दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न नहुने धारणा राख्नु भएको छ ।

संविधान कार्यान्वयनका लागि एकता अपरिहार्य भएको भन्दै उहाँले काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।

‘संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य विषय हो,’ प्रेस चौतारी नेपालले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘यस्तो महत्वपूर्ण विषयमा काँग्रेस प्रतिपक्षमा नबसोस्, विगत सच्याएर सरकारमा सामेल बन्नुपर्छ ।’

पुरानो भद्र सहमति तोडेर काँग्रेसले आफ्नो विश्वास गुमाएको दाबी गर्दै नेता नेपालले विगतको समीक्षा गरेर काँग्रेस अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सरकारमा सामेल नहुने काँग्रेसको एकतर्फी अडान पश्चात नेता नेपाल आफँैले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिदिन काँग्रेस समक्ष प्रस्ताव गरेको बताउनुभयो ।

एकअर्को प्रसङ्गमा उहाँले पुरानो सम्वन्ध कायम राख्दै भारतलाई एक असल छिमेकी मित्रका रुपमा नेपालले अङ्गाल्न चाहेको उल्लेख गर्नु भयो ।
उहाँले दिगो मित्रताका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय नियत सुध्रनुपर्ने बताउनुभयो । रासस