३० आश्विन २०८३, शुक्रबार

भारतीय मुलका नागरिकले रक्षा मन्त्रीमा शपथ लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

harjeet-sajjan 1क्यानडा, २१ कात्तिक । क्यानडाको आमनिर्वाचनमा विजयी हासिल गरेका भारतीय मुलका नागरिकले त्याहाँको नयाँ सरकारको रक्षा मन्त्री नियुक्त हुने पक्का भएको छ ।

भारतीय नागरिक हरजीत सज्जनलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रड्यले नियुक्त गर्न लागेका हुन् । हरजीत सञ्जनलाई रक्षा मन्त्रीमा नियुक्त नगरिए पनि शपथ खुवाइ सकिएको छ । शपथ क्यानडाको ओटावमा सम्पन्न भएको थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिनले आफ्नो ३० सदस्यीय मन्त्रिमण्डललाई शपथ खुवाई सकेका छन् । शपथ लिनेमा हरजीत सज्जन पनि छन् । शपथ लिएका कसैलाई पनि अझै मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

भारतीय नागरिक हरजीत सज्जन राजनीतिमा आउनुभन्दा पहिला क्यानडाको आर्मीमा भर्ती भएका थिए ।

हरजीतको जन्म भारतमा भएको हो । हरजीत पाँच वर्षको हुँदा उनको परिवार क्यानडा गएको थियो । – एजेन्सी