३० आश्विन २०८३, शुक्रबार

छिटो बिग्रने फलफूल, तरकारी र माछा धमाधम पठाउँदै भारत, इन्धन भने रोक्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakabandiझापा, २१ कात्तिक । पूर्वी नाका काँकडभिट्टा भएर पाँच दिनदेखि पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन नेपाल भित्रन सकेका छैनन् ।

पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन नेपाल भित्रन नसक्दा झापासहित मेची अञ्चलमा पेट्रोलियम पदार्थको चरम अभाव उत्पन्न भएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ बोकेका ३५ वटा सवारीसाधन भारतमा नै अलपत्र परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

पूर्वी नाका काँकडभिट्टा भएर फलफूल, तरकारी र माछा बोकेको ६४ वटा सवारीसाधन भने हिजो नेपाल भित्रिएको उहाँले बताउनुभयो । रासस