मुम्बई । बलिउड फिल्म ‘फरारी की सवारी’का निर्देशक राजेश मपुस्करलाई प्रहरीले गिरफ्तार गरेको छ । राजेशले ‘मुन्नाभाई सिरीज’ र ‘थ्री इडियट्स’ मा निर्देशक राजकुमारी हीरानीको असिस्टेन्ट भएर काम गरिसकेका छन् ।
बलिउडलाइफ डट कमका अनुसार राजेश मपुस्करमाथि उनकै श्रीमती निशाले घरेलू हिंसाको आरोप लगाउँदै प्रहरी उजुरी हालेपछि प्रहरीले पक्राउ गरेको हो ।
डिन्डोसी पुलिसका वरिष्ठ इन्स्पेक्टर अविनाश सावन्तले निर्देशक राजेश पक्राउ परेको बताए । उनका अनुसार राजेमाथि प्रहरी हिरासतमा अनुसन्धान हुँदैछ ।
राजेशले आफ्नो फिल्म ‘फरारी कि सवारीका असिस्टेन्ट अनिल नायडूकी श्रीमती महीप ढिल्लनसँग हिमचिम बढाएको आरोप समेत लगाइएको छ । राजेशकी श्रीमती निशाले असिटेन्टकी श्रीमतीसँग सल्किएकाले आफूलाई घरखर्च पनि नदिएको र घरेलु हिंसा दिएको आरोप लगाएकी छिन् ।
निशाले भनेकी छिन्- राजेशले अनिललाई असिस्टेन्ट बनाउनुको कारण यो हो कि उनी अनिलकी श्रीमतीसँग अझै नजिक हुन सकुन् ।















प्रतिक्रिया