
काठमाडौं, २० काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले सैन्य शक्ति बढाउने तयारी सुरु गरेको छ ।
अमेरिकी रक्षा विभागले आफ्नो सैन्य क्षमता बढाउनका लागि धेरै ठूलो स्तरको नयाँ बाम्बर फ्लीट बनाउने कार्य सुरु गरेको छ । यसका लागि अमेरिकी रक्षा मन्त्रालयले कम्पनी समेत छनोट गरेको छ । यो कम्पनीले आगामी केही वर्षभित्रै ८० देखि १०० वटासम्म नयाँ बमवर्षक विमान बनाइसक्नेछ ।
जून विश्वमै पहिलो हुनेछ । तर, प्रश्न उठेको छ कि आखिर यति ठूलो स्तरमा अफ्नो नयाँ बाम्बर फ्लीट तैयार गर्नमा अमेरिकाले कति पैसा गर्छ ? अमेरिका एयरफोर्सको दाबी छ कि करिब १०० नयाँ बाम्बर प्लेन निर्माण हुन सक्छन् । विश्व बजारको मूल्य अनुसार एक बाम्बर प्लेनको निर्माणमा करिब ५६.४ करोड़ डलर लाग्न सक्छ ।
अनुमान गरिएअनुसार यति धेरै बाम्बर प्लेन बनाउनमा अमेरिकाले २० अरब डलर खर्च गर्नुपर्छ । तर यो सुरुवात लागत मात्रै हो ।
अमेरिकामा यो समय धैरै विमानलाई लगातार आलोचना बढिरहेको छ । एफ–३५ जस्ता शानदार विमानमाथि विरोधको आवाज उठिसकेको छ । एफ–३५ मा कैयौ टेक्निकल खामियां सार्वजनिक भएको छ । नयाँ एफ– ३५ विमान खरीदमा अमेरिकी सरकारले करिब १.३ खरब डलर खर्च गरेको अनुमान गरिएको छ । यो विमानको देखरेखमै पनि धेरै पैसा खर्च हुने अनुमान गरिएको छ ।
त्यसकारण नयाँ बाम्बर प्लेनमाथि अमेरिकी रक्षा विभाग अहिले ध्यान केन्द्रीय गरेको हो । अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार अमेरिकी सरकारले आफ्नो यो विमान शक्तिशाली र ज्यादा शानदार बनाउन ३५० अरब डलर खर्च गर्नुपर्छ ।
























प्रतिक्रिया