३० आश्विन २०८३, शुक्रबार

२२४ जना चढेको विमान बम हानेर खसालेको दावी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

russiyan-airbus

लण्डन, १९ कात्तिक । गत शनिबार इजिप्टको सिनाई टापुमा दुर्घटना भएको रसियाली विमानमा इस्लामिक स्टेट (आइएस) लडाकूले बमद्वारा विमान खसालेको हुनुपर्ने संयुक्त राज्य अमेरिका र बेलायतले बताएको छ ।

शनिबार इजिप्टको सराम अल सेख विमानस्थलबाट रसियाको सेन्ट पिटसबर्गका लागि उडेको सो विमान चालक दलका सात सदस्यसहित २२४ जना लिएर रसिया जाँदै गरेको र विमान उडेको २३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो । विमान दुर्घटनामा ती सवार सबैको निधन भएको थियो ।

रसियाली विमान सेवा कोगालिमावियाको ए३२१ नम्बरको सो एयरबस स्थानीय समयअनुसार गत शनिबार बिहान ५.५१ बजे उडेको थियो ।

आतङ्ककारी समूह आइएसले नै सो विमान बमद्वारा खसालेको उच्च सम्भावना रहेको अमेरिकी एक अधिकारीले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

त्यसैगरी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालयद्वारा प्रकाशित एक विज्ञप्तिमा सो विमानलाई विस्फोटक पदार्थको सहयोगबाट विस्फोट गराइएको सुचनाहरु प्रकाशमा आएको हुनाले यस विषयलाई लिएर बढी चिन्तित भएको बताइएको छ ।

इजिप्टेलि राष्ट्रपति अब्देल फताह अल–सिसी र प्रधानमन्त्री क्यामरुनबीच बेलायतमा बिहीबार भएको भेटवार्तापछि सो चिन्ता व्यक्त गरिएको हो ।

इजिप्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थगरी सेनाआवद्ध सिसी इजिप्टको राष्ट्रपति हुनु भएपछि उहाँको बेलायत भ्रमण यो पहिलो हो ।

यसअघि रसिया र इजिप्टका अधिकारीहरूले यस विमान दुर्घटनामा आइएसको हात रहेको अस्विकार गर्दै आएका थिए ।

विमान दुर्घटनामा कुनै समूहको हात नभै यो विमानमा एक्कासी देखिएको प्राविधिक गढबढीका कारण भएको बताउँदै आएका थिए ।

सिरिया, इराक र इजिप्टमा पनि आतङ्ककारी गतिविधि सञ्चालन गर्दै आएका आइएस समूहले सो जहाज दुर्घटना गराउनमा आफ्नो हात रहेको गत शनिबारनै दावी गरेका थिए ।

आइएस समूहले विमान आफ्नो योजनाअनुसार दुर्घटना गराएको र यसमा कोही जीवित नरहेकोे ट्वीट गरी जनाएका थिए । रासस÷एएफपी