एजेन्सी । भारतमा बढ्दो असहिष्णूतालाई लिएर विवाद बढीरहेका बेला योगगुरू बाबा रामदेवले पनि मुख खोलेका छन् ।
उनले बलिउड बादशाह शाहरूख खानलाई देशमा असहिष्णुता बढेको लागेको भए शाहरुखले पद्श्रीसँगै आफ्ना फिल्मबाट कमाएको सबै पैसा सरकारलाई फिर्ता गर्नुपर्ने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई समर्थन गर्दै आएका रामदेवले शाहरुखलाई पैसा फिर्ता गर्न चुनौति दिएका हुन् ।
रामदेवले दिल्लीमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै भने- शाहरूख खानले ती पैसाको एक बैंक ड्राफ्ट बनाउनुपर्छ र त्यसलाई प्रधानमन्त्री राहत कोष वा कुनै अन्य कोषमा जम्मा गरिदिनुपर्छ तब हामी मान्नेछौ की उनी दुःखी छन् ।
उनले शाहरूखले एक राजनीतिक दलको नजिक भएकाले पद्श्री पुरस्कार पाएको बताउँदै अहिले त्यो सत्तामा नभएकाले असहिष्णूताको मुद्दा बनाएको आरोप लगाए । शाहरूख खानले आफ्नो ५०औं जन्मदिनका अवसरमा देशमा असहिष्णुता बढेको र समय आएपछि सरकारले दिएको अवार्ड फिर्ता गर्न पछि नपर्ने बताएका थिए ।
यो बयानलाई लिएर थुप्रै वीजेपी नेताहरुले शाहरूखको जमेर आलोचना गरेका थिए ।















प्रतिक्रिया